Khaptad Organic Nepal

काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको विद्युतीय भ्यानलाई बसले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

शनिबार बिहान करिब ८:२५ बजे बा १ ख ००५२ नम्बरको बस एक्कासि अघि बढेर सडक किनारमा पार्क गरी राखिएको बा ३–००१ ज ११७६ नम्बरको खाली भ्यानसँग ठोक्किएको थियो । ठक्करको तीव्रताका कारण दुवै सवारी साधन सडकबाट करिब ३० देखि ४० मिटर तल भिरमा खसेका थिए ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका पाँचै जनालाई तत्काल उपचारका लागि काठमाडौँस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो । तर, अस्पताल पुर्‍याउनासाथ चिकित्सकले दुई जनालाई मृत घोषणा गरे ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको बनेपा–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछापको सुनापति (ठाडादेवी) गाउँपालिका–२ की ६५ वर्षीया उदयमाया खत्री रहेका छन् ।

दुर्घटनामा सर्लाही लालबन्दी–९ की २५ वर्षीया सुजता पोखरेल, बनेपा–१० की ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखा मेलुङ–६ की ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते भएका छन् । उनीहरूको ग्रिनसिटी अस्पतालमै उपचार भइरहेको छ ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको थप कारणबारे अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।