ललितपुर । पढाइको महत्त्वलाई मनोरञ्जनात्मक माध्यमबाट बुझाउने प्रयासस्वरूप आज जनभावना क्याम्पसका विद्यार्थीहरूलाई नेपाली ब्लकबस्टर चलचित्र ‘गौंथली’ देखाउन हलमा लगिएको छ ।
गोदावरी नगरपालिका–११ चापागाउँ बसपार्क नजिकै रहेको उक्त क्याम्पसमा अध्ययनरत करिब एक सय जना प्लस टु तहका विद्यार्थीहरूलाई ग्वार्कोस्थित गुण सिनेमा हलमा लगिएको हो ।
विद्यार्थीहरूलाई अध्ययनमा उत्प्रेरित गर्दै शिक्षाले व्यक्तिगत र व्यावसायिक भविष्य निर्माणमा खेल्ने भूमिकाबारे सचेत गराउन यो कार्यक्रम आयोजना गरिएको हो ।
यस्ता व्यावहारिक गतिविधिले विद्यार्थीहरूमा सकारात्मक ऊर्जा सञ्चार गर्ने र उनीहरूको शैक्षिक यात्रामा थप हौसला मिल्ने अपेक्षा गरिएको छ ।



