Khaptad Organic Nepal

काठमाडौँ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) अन्तर्गत आज दुई खेलहरू हुँदैछन् ।

तालिका अनुसार पहिलो प्रतिस्पर्धामा दिउँसो ४ बजे अन्नपूर्ण स्पाइकर्स र काठमाडौँ रेड्स आमनेसामने हुनेछन्। त्यसैगरी साँझ ७ बजे हुने दोस्रो खेलमा कर्णाली शिवराज र खप्तड फाल्कन्सबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघिका खेलहरूमा अन्नपूर्णले आफ्नो पहिलो खेलमा कर्णालीसँग हार बेहोरेको थियो भने काठमाडौँले मधेश वारियर्सलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ । अर्कोतर्फ कर्णालीले पहिलो खेलमै जित दर्ता गरिसकेको छ भने खप्तडले सगरमाथा स्म्यासर्ससँग पराजय भोगेको थियो ।

केडिया समूहको आयोजना तथा नेपाल भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालित यस प्रतियोगितामा छ टोली सहभागी छन् । नेपाली पुरुष भलिबल इतिहासकै सर्वाधिक नगद पुरस्कार राशि रहेको यस फ्रेन्चाइज लिगको विजेताले २० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

भदौ २७ गतेसम्म चल्ने लिगको सिङ्गल राउन्ड-रबिन चरणपछि तालिकाको शीर्ष स्थानमा रहने टोली सोझै फाइनल पुग्नेछ भने दोस्रो र तेस्रो स्थानका टोलीले प्लेअफमार्फत फाइनल यात्रा तय गर्नेछन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।