काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा उनीहरूबीच भेटघाट भएको हो ।
उक्त अवसरमा मन्त्री खनालले नेपालमा हालै गएको विनाशकारी बाढीपछि भारत सरकार र भारतीय जनताले दर्शाएको ऐक्यबद्धता एवम् तत्काल पुर्याएको महत्वपूर्ण राहत सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गरे ।
कुराकानीका क्रममा दुवै मन्त्रीहरूबीच नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाने र आपसी हितका विविध विषयमा सहकार्य बढाउनेबारे फलदायी छलफल भएको छ ।

