काठमाडौँ । टर्कीको अन्ताल्यामा सञ्चालन भइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-३१) मा भाग लिन कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने यस विश्वस्तरीय कुम्भमेलाको दोस्रो सातामा उहाँले नेपाली टोलीको नेतृत्व सम्हाल्नुहुनेछ ।
भ्रमणका क्रममा मन्त्री चौधरीले सम्मेलनको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ । उहाँको सचिवालयका अनुसार सो क्रममा जलवायु संकटका कारण नेपालका हिमाल, हिमनदी, कृषि प्रणाली र जैविक विविधतामा परेको गम्भीर प्रभावबारे अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराइनेछ ।
साथै, जलवायु न्याय, अनुकूलन कोष, हानि-नोक्सानीको क्षतिपूर्ति तथा हिमाली पारिस्थितिक प्रणाली संरक्षणका विषयमा नेपालको स्पष्ट अडान प्रस्तुत गरिनेछ ।

