Khaptad Organic Nepal

काठमाडौँ । जनताबाट निर्वाचित प्रतिनिधिहरूलाई आफ्ना मतदाताप्रति थप उत्तरदायी र जवाफदेही बनाउने उद्देश्यका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘राइट टु रिकल’ को अवधारणालाई अघि बढाउने प्रक्रिया थालेको छ।

यसै सन्दर्भमा पार्टी केन्द्रीय कार्यालयमा रास्वपाको ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण समितिको प्रारम्भिक बैठक सम्पन्न भएको छ ।

महामन्त्री एवम् समितिका संयोजक विपिनकुमार आचार्यको अध्यक्षतामा आयोजित उक्त बैठकमा अवधारणापत्रको मस्यौदा तयार गर्ने र यस विषयमा व्यापक बहस चलाउने सम्बन्धमा छलफल भयो । बैठकमा संयोजक आचार्यसहित गणेश पराजुली, प्रमोद न्यौपाने, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी र करिस्मा कठरियाको उपस्थिति रहेको थियो ।

जनप्रतिनिधिलाई ढङ्गले जवाफदेही बनाउनुका साथै लोकतान्त्रिक प्रणालीप्रति आम मतदाताको विश्वास प्रगाढ बनाउन यो अवधारणा उपयोगी हुने निष्कर्ष बैठकले निकालेको छ। समितिले अवधारणालाई थप स्पष्ट र व्यवस्थित पार्नका लागि मनिष खनाललाई सचिवको जिम्मेवारी सुम्पेको छ ।

यस्तै, कार्यलाई क्षेत्रगत रूपमा अगाडि बढाउन चारवटा उपसमितिहरू समेत गठन गरिएका छन् । जसअनुसार संवैधानिक एवम् कानुनी प्रावधान अध्ययनमा सुलभ खरेल र गजला शमिम मिकरानी, अन्तर्राष्ट्रिय अभ्यास अध्ययनमा अनुष्का श्रेष्ठ, सरोकारवाला छलफल समन्वयमा समीक्षा बास्कोटा र करिस्मा कठरिया तथा सञ्चार माध्यम समन्वयमा प्रमोद न्यौपानेलाई जिम्मेवारी तोकिएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।