Khaptad Organic Nepal

काठमाडौँ । आपत्कालीन स्वास्थ्य जोखिम र दुर्घटनाका बेला घाइतेको जीवन जोगाउन प्राथमिक उपचारको ज्ञान अपरिहार्य रहेको सन्देश दिँदै आज विश्वभर प्राथमिक उपचार दिवस मनाइँदैछ ।

अन्तर्राष्ट्रिय परम्पराअनुसार हरेक वर्ष सेप्टेम्बरको दोस्रो शनिबार यो दिवस मनाइने गरिन्छ । कुनै पनि आपत्कालीन परिस्थिति सिर्जना हुँदा दक्ष स्वास्थ्यकर्मी आइपुग्नुअघि सर्वसाधारणले दिने तत्कालीन सहयोगले बिरामी वा घाइतेको अवस्था थप बिग्रन पाउँदैन ।

यस वर्ष ‘प्रवासको अवस्थामा प्राथमिक उपचार’ भन्ने मूल नाराका साथ दिवस मनाइँदैछ । यसले विशेषगरी यात्राका क्रममा रहेका, आप्रवासी तथा विस्थापित जनसंख्यालाई सहजरूपमा प्राथमिक उपचार सुविधा पुर्‍याउनुपर्ने दायित्वलाई उजागार गरेको छ ।

सन् २००० देखि मनाउन थालिएको यो दिवसले स्थान सुरक्षित गर्ने, घाइतेको स्थिति जाँच्ने, उद्धारका लागि सहयोग माग्ने र आवश्यक प्राथमिक सहयोग उपलब्ध गराउने जस्ता चार आधारभूत चरणबारे समाजका हरेक वर्ग र समुदायलाई सचेत गराउने लक्ष्य राखेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।