Khaptad Organic Nepal

डेढगाउँ । कालीगण्डकी नदीमा आएको बाढीले कटान गरेपछि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र तनहुँ जोड्ने मोटरेबल पुलको पहुँचमार्ग पूरै जोखिममा परी आवतजावत ठप्प भएको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासीको बौदीकाली गाउँपालिका–२ स्थित डेढगाउँ र तनहुँको घिरिङ गाउँपालिका–मन्दार जोड्ने पुलको डेढगाउँतर्फको सडक नदीले कटान गरेर भासिएको हो । पुलको एक किनाराको भाग व्यापक रूपमा धसिएपछि अहिले सो क्षेत्रमा साना-ठूला सवारीसाधनका साथै पैदल यात्रुलाई समेत आउजाउमा पूर्ण रोक लगाइएको छ ।

सडक अवरुद्ध भएसँगै सर्वसाधारणलाई सुरक्षित रहन र वैकल्पिक बाटो प्रयोग गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । अर्को व्यवस्था वा सूचना जारी नभएसम्मका लागि उक्त मार्ग भएर यात्रा नगर्न समेत आग्रह गरिएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।