Khaptad Organic Nepal

दाङ । विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले दाङका फरक-फरक वन क्षेत्रबाट ११ थान एकनाले भरुवा बन्दुक फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी इकाइहरूले भदौ २५ गते बिहान चार घण्टा चलाएको विशेष खोजतलास अभियानका क्रममा ती हतियारहरू बेवारिसे अवस्थामा बरामद भएका हुन् । प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–१ शिरुखर्कमा रहेको राष्ट्रिय वनबाट ६ थान बन्दुक भेटिएका थिए । त्यस्तै, बंगलाचुली गाउँपालिका–८ कएना पानीस्थित सामुदायिक वनबाट २ थान र लमही नगरपालिका–७ को नवशान्ती सामुदायिक वन क्षेत्रबाट ३ थान भरुवा बन्दुक नियन्त्रणमा लिइएको छ ।

बरामद गरिएका सम्पूर्ण हतियारहरूलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको छ । यी बेवारिसे बन्दुकहरू कसका हुन् र कुन प्रयोजनका लागि छुपाइएका थिए भन्ने विषयमा प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।