Khaptad Organic Nepal

काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन न्युयोर्क पुगेका नेपाली टोलीका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिता हेराथबीच उच्चस्तरीय छलफल भएको छ ।

न्युयोर्कस्थित श्रीलंकाको स्थायी नियोगमा सम्पन्न उक्त भेटवार्तामा दुई देशबीचको कूटनीतिक तथा व्यापारिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा कुराकानी भएको हो ।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै निम्तिएको जलवायुजन्य विपद्का बेला श्रीलंका सरकार र त्यहाँका नागरिकले दर्शाएको सहानुभूति, ऐक्यबद्धताका साथै मानवीय तथा आर्थिक सहयोगका लागि विशेष धन्यवाद ज्ञापन गरे ।

वार्ताका क्रममा दुवै देशका मन्त्रीहरूले नेपाल र श्रीलंकाबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पुर्‍याउन द्विपक्षीय संयन्त्रका बैठकहरू नियमित रूपमा बस्नुपर्ने निष्कर्ष निकालेका छन् ।

साथै, व्यापार, पर्यटन, शिक्षा, संस्कृति, हवाई तथा यातायात सम्पर्क र जनस्तरको सम्बन्धलाई अझ सुदृढ गर्दै लैजाने प्रतिबद्धतासमेत दुवै पक्षले जनाएका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।