काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता चयन गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमार्फत अघि सारेको उक्त प्रस्तावलाई त्यसपछि आयोजित केन्द्रीय कमिटी बैठकमा औपचारिक रूपमा टेबल गरिएको हो।
पार्टीभित्र आन्तरिक पुनर्गठनको बहस चुलिँदै जाँदा उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न अध्यक्ष ओलीले पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई यो जिम्मेवारी सुम्पिएका हुन् ।
यसैगरी, केन्द्रीय कमिटी बैठकमा विभिन्न २८ जना नयाँ केन्द्रीय सदस्यहरूको मनोनयनबारे पनि जानकारी गराइएको छ ।
मनोनीत हुनेहरूमा काशीनाथ अधिकारी, देवराज घिमिरे, बिमला घिमिरे, शिवमाया तुम्बाहाम्फे, हरि घिमिरे, प्रेम दंगाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, शान्तिलाल महत, नन्दलाल देवकोटा, पाल्तेन शेर्पा, बिनोद पाण्डे, पुष्पा श्रेष्ठ, जानुका सिम्खडा, कौशला खत्री, मोहमद इस्तियाक राई, प्रमोद यादव, डा. अब्दुल हुसैन, भवानी खापुङ, दीपक साउद, जया गोले, बाबी चाम्लिङ, श्रीप्रसाद शर्मा, धर्म निरौला, ध्रुवराज बिष्ट, अर्जुन राई, धर्म गिरी र जी. गुरुङ रहेका छन् ।

