काठमाडौँ । रसुवास्थित भोटेकोसीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूको सम्मानमा सरकारले भदौ २२ गते राष्ट्रिय शोक मनाउने भएको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मृतकहरूको १३औँ दिनको पुण्यतिथिका अवसरमा देशभरका सरकारी कार्यालयका साथै विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बाढी पहिरोका कारण ज्यान गुमाएका नागरिकप्रति उच्च सम्मान व्यक्त गर्दै भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने तय गरिएको हो ।

