Khaptad Organic Nepal

काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशीमा आएको भीषण बाढीका कारण विस्थापित भई विभिन्न स्थानका होल्डिङ सेन्टरमा शरण लिइरहेका नागरिकलाई सुरक्षित र व्यवस्थित अस्थायी बासस्थानमा सार्न सरकारी टोलीले स्थलगत तथ्याङ्क सङ्कलन थालेको छ ।

अस्थायी शिविरमा कष्टकर जीवन बिताउन बाध्य परिवारलाई उनीहरूकै चाहना अनुरूप सुरक्षित आवासको प्रबन्ध मिलाउन प्रधानमन्त्री सचिवालयको समन्वयमा यो पहलकदमी अघि बढाइएको हो । शहरी विकास तथा भवन निर्माण विभागले मङ्गलबारदेखि नै प्राविधिक टोली खटाएर स्थलगत अवस्था र प्रभावित क्षेत्रको आवश्यकता अध्ययन गरिरहेको छ ।

तथ्याङ्क सङ्कलनका क्रममा बाढीले घरमा पुर्याएको क्षति, परिवारका गुमेका वा बेपत्ता भएका सदस्यको विवरण तथा उनीहरू भाडामा बस्न चाहन्छन् वा अन्यत्र स्थानान्तरण हुन खोजेका हुन् भन्ने विषयलाई प्राथमिकता दिइएको छ । साथै, प्रभावित स्थलमा खानेपानी, सरसफाइ र अन्य पूर्वाधारको उपलब्धता जाँच गरी वास्तविक आवश्यकता अनुरूप राहत कार्यक्रम तय गरिनेछ ।

पहिलो चरणमा होल्डिङ सेन्टरमा रहेका विस्थापितको विवरण एक साताभित्र सङ्कलन गरिसक्ने र दोस्रो चरणमा सेन्टरबाहिर आफन्त वा अन्यत्र आश्रय लिइरहेका पीडितसम्म पुग्ने योजना बनाइएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।