हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका-३ का छ जना भूमिहीन सुकुम्बासी परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन् ।
जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरको आयोजनामा लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित स्थानीयलाई लालपुर्जा वितरण गरिएको हो । वर्षौँदेखि भोगचलन गर्दै आएको जमिनको कानुनी अधिकार प्राप्त गरेपछि स्थानीयबासीमा खुसीयाली छाएको छ ।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको मुद्दालाई प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण प्रक्रियालाई तीव्रता दिइरहेको छ ।
यसै अभियानअन्तर्गत सुकुम्बासीहरूलाई दीर्घकालीन रूपमा कानुनी अधिकार प्रदान गर्ने लक्ष्य राखिएको छ ।

