ललितपुर । सानेपास्थित बिपी स्मृति भवनमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आयोजना गरिएको छ ।
पार्टी कार्यालय सानेपामा मध्याह्न १ बजेका लागि तय गरिएको यस बैठकमा दुई मुख्य विषयलाई एजेन्डा बनाइएको छ ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले पारेको विपद्को समीक्षा र उद्धार राहतका कदमहरूबारे विस्तृत विचार-विमर्श हुनेछ ।
यसका साथै पार्टीको आगामी १५औँ महाधिवेशनको पूर्वतयारी, कार्यतालिका तथा साङ्गठनिक मामिलामा ठोस निर्णय लिनेबारे छलफल हुनेछ ।

