काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीप्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेपछि आज दिउँसो ३ बजे देशबासीका नाममा विशेष सम्बोधन गर्दैछन् ।
प्राकृतिक विपत्तिले पुर्याएको क्षति, खोज तथा उद्धारको अवस्था र राहत पहुँचबारे जानकारी लिन राष्ट्रपति पौडेल आजै रसुवा तथा भोटेकोशी तटीय क्षेत्र पुगेका थिए ।
सो क्रममा उनले बाढीका कारण विस्थापित भएका नागरिकका लागि स्थापना गरिएका अस्थायी आवास केन्द्रको निरीक्षण गर्नाका साथै उद्धार र पुनस्थापनाका लागि भइरहेका सरकारी प्रयासबारे टोलीबाट प्रत्यक्ष विवरण लिएका थिए । प्रभावित क्षेत्रको वस्तुस्थिति बुझिसकेपछि राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

