Khaptad Organic Nepal

मकवानपुर । अविरल वर्षाका कारण कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह बढ्दै गएपछि तल्लो तटीय क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउन अपिल गरिएको छ ।

इन्द्रसरोवर गाउँपालिका तथा नेपाल विद्युत् प्राधिकरण कुलेखानी केन्द्रले सम्भावित जोखिम कम गर्न स्थानीय बासिन्दालाई सजग रहन आग्रह गरेका हुन् ।

जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको पूर्वानुमान गरेबमोजिम केही दिनयता यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ । गाउँपालिकाका अनुसार आज अपराह्न ४ बजेसम्मको तथ्यांक हेर्दा कुलेखानी ड्याममा पानीको सतह १ हजार ५२३ दशमलव ३४ मिटर पुगेको छ । यो सतह सुरक्षाका दृष्टिकोणले अझै सामान्य र नियन्त्रित अवस्थामै रहेको स्पष्ट पारिएको छ । यद्यपि, पूर्वतयारीस्वरूप गाउँपालिकाको वडा नम्बर २ र ३ स्थित खोला किनारमा रहेका घर, टहरा एवम् व्यापारिक संरचनामा बस्नेहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै सूचना जारी गरिएको छ ।

यसैबीच, कुलेखानी ड्याम फुटिसकेको वा खतराको विन्दु नाघिसकेको भन्दै केही अनलाइन माध्यम तथा सामाजिक सञ्जालमा फैलाइएका भ्रमप्रति गाउँपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस्ता भ्रामक खबरले जनमानसमा अनावश्यक त्रास फैलाउने भएकाले त्यस्ता अफवाहको पछि नलाग्न अनुरोध गरिएको छ । गाउँपालिकाले सर्वसाधारणलाई आधिकारिक निकायबाट सम्प्रेषित सूचनालाई मात्र विश्वास गर्न अपिल गरेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।