Khaptad Organic Nepal

काठमाडौँ । बालबालिकाको सर्वाङ्गीण विकास तथा अधिकार सुनिश्चितताका लागि आज देशभर ६२औँ राष्ट्रिय बाल दिवस मनाइँदैछ । ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ यस वर्षको दिवस विविध कार्यक्रम गरी मनाउन लागिएको हो ।

नेपालमा विक्रम संवत् २०२१ भदौ ४ गतेदेखि बाल दिवस मनाउन थालिएको इतिहास छ । तत्कालीन रानी रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिनको अवसरमा नेपाल बाल सङ्गठन स्थापना गरी अनाथ तथा टुहुरा बालबालिकाको संरक्षण सुरु गरेकी थिइन् । तर, संयुक्त राष्ट्रसङ्घको बालअधिकारसम्बन्धी महासन्धिलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको ऐतिहासिक दिनलाई स्मरण गर्दै २०६३ सालदेखि भने भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाउन थालिएको हो ।

नेपालको संविधानले बालबालिकाका अधिकारलाई मौलिक हकका रूपमा ग्यारेन्टी गर्दै बाल बचाउ, संरक्षण, विकास र सहभागिताको दायित्व राज्यलाई सुम्पेको छ ।

राष्ट्रिय बाल अधिकार परिषद् लगायतका निकायले नीतिगत पैरवी, बालश्रम र बालविवाह अन्त्य, सडक बालबालिकाको उद्धार तथा अनाथ र अपाङ्गता भएका बालबालिकाको संरक्षणमा काम गर्दै आएका छन् । यद्यपि, अझै पनि धेरै बालबालिका गुणस्तरीय शिक्षाबाट वञ्चित हुनु, यौन हिंसा र दुर्व्यवहारको जोखिम कायम रहनु तथा सडक बालबालिका र बालश्रमको समस्या पूर्ण रूपमा हट्न नसक्नुजस्ता चुनौतीहरू कायम नै छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।