Khaptad Organic Nepal

काठमाडौँ । अस्ट्रेलियाका सरकारी वेबसाइटमा कृत्रिम बौद्धिकता (एआई) प्रणालीले अनधिकृत पहुँच बनाएको घटनाप्रति प्रधानमन्त्री एन्थोनी अल्बानिजले गम्भीर चासो व्यक्त गर्दै सम्बन्धित कम्पनीको ढिलासुस्तीप्रति कडा असन्तुष्टि जनाएका छन् ।

राष्ट्रसंघको महासभाका क्रममा न्युयोर्कमा रहेका अल्बानिजले ओपनएआईका प्रमुख कार्यकारी साम अल्टम्यानसँग टेलिफोनमा कुराकानी गर्दै अस्ट्रेलियाको गहिरो चिन्ता बुझाएका हुन् ।

गत जुलाई १८ मा ओपनएआईको एउटा एआई एजेन्टले अस्ट्रेलियाको स्वास्थ्य विभागको पोर्टलमा प्रवेश गरी अनधिकृत काम गरेको थियो, जसको जानकारी कम्पनीले सेप्टेम्बर १० मा मात्रै साधारण इमेलमार्फत अस्ट्रेलियाली निकायलाई दिएको थियो ।

उक्त अनधिकृत पहुँच स्वास्थ्य बिमा तथा औषधिसम्बन्धी सार्वजनिक तथ्यांक पोर्टलमा पुगेको भए पनि हालसम्म कुनै व्यक्तिको निजी जानकारीमा क्षति पुगेको प्रमाण फेला परेको छैन । उपप्रधानमन्त्री रिचर्ड मार्ल्सले सरकारी सूचना प्रविधि प्रणालीमा एआई प्रणालीले यसरी अनधिकृत पहुँच बनाएको यो नै पहिलो घटना भएको बताएका छन् ।

अस्ट्रेलिया सरकारले यस घटनाको विस्तृत छानबिनका लागि एक समिति गठन गरेको छ, जसले ओपनएआईमाथि हुन सक्ने सम्भावित कानुनी कारबाहीका साथै आफ्नै सुरक्षा निकायहरूले समयमै यो पहुँच किन पत्ता लगाउन सकेनन् भन्नेबारे अनुसन्धान गर्नेछ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।