Khaptad Organic Nepal

काठमाडौँ । नेपाली हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीजको औपचारिक सुरुवात आज दर खाने दिनदेखि भएको छ । तीजको मुख्य दिन निराहार व्रत बस्नुअघि अघिल्लो रात महिलाहरूले मीठा र आडिला परिकार बनाएर दर खाने पौराणिक परम्परा रहँदै आएको छ ।

विशेष गरी माइती तथा दाजुभाइले छोरी-चेली र दिदीबहिनीलाई घरमा निमन्त्रणा गरी खीर, फलफूल र अडिला खानेकुरा खुवाउने गरिन्छ । शास्त्रीय मान्यताअनुसार रातको दुई भाग बाँकी छँदै अर्थात् मध्यरात अगावै दर खाइसक्नुपर्छ । वर्षभरि कर्मघरमा भोगेका दुःख, पीर र मर्कालाई गीतका माध्यमबाट पोख्ने र भ्रातृत्व तथा आत्मीयता साटासाट गर्ने पर्वका रूपमा पनि तीजको विशेष महत्त्व छ ।

शास्त्रीय विधानअनुसार भाद्र शुक्ल द्वितीयाको बेलुकी दर खाएपछि सुरु हुने यो पर्व चार दिनसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चतुर्थीमा गणेश पूजा र पञ्चमीका दिन सप्तऋषिको पूजा गरी तीज समापन गरिन्छ । सत्ययुगमा हिमालयपुत्री पार्वतीलाई पिताले विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरूले उनलाई हरण गरेर लुकाएको र सोही स्थानमा पार्वतीले निराहार व्रत बसी महादेवलाई पतिका रूपमा प्राप्त गरेको धार्मिक विश्वास छ । सोही समयदेखि हरितालिका तीजको परम्परा चलेको मानिन्छ ।

तर, पछिल्लो समय तीजका नाममा महिना दिन अघिदेखि नै दर खाने, तडकभडक र गरगहना प्रदर्शन गर्ने जस्ता विकृति बढेको भन्दै संस्कृतिविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।

यस्ता गतिविधिले समाजमा आर्थिक असमानता र विकृति बढाउने भएकाले मौलिक परम्पराको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।