Khaptad Organic Nepal

काठमाडौँ । उपत्यकामा रात्रिकालीन समयमा यात्रा गर्ने यात्रुको सुविधालाई ध्यानमा राख्दै नौ वटा स्थानीय तहको संयुक्त पहलमा साझा यातायातका ३० वटा बस सञ्चालनमा ल्याइएको छ ।

काठमाडौँ महानगरपालिकाको अगुवाइमा संविधान दिवसको अवसर पारेर ६ वटा प्रमुख रुटमा यो सेवा विस्तार गरिएको हो ।

यसअघि वैशाख १ गतेदेखि सीमित रुटमा परीक्षणका रूपमा सञ्चालन गरिएको सेवालाई सर्वसाधारण, श्रमिक, बिरामी तथा पर्यटकको सहजताका लागि औपचारिक रूपमा फराकिलो बनाइएको छ ।

यस सहकार्यका लागि काठमाडौँ र ललितपुर महानगरपालिकासहित बुढानीलकण्ठ, गोदावरी, चन्द्रागिरी, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकाले साझा यातायातसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नयाँ व्यवस्था अनुसार जगाती-सूर्यविनायक-ठमेल, लगनखेल-गोदावरी-बुढानीलकण्ठ, चक्रपथ, कीर्तिपुर-जमल, टाखेल-ठमेल र नागढुंगा-विमानस्थल रुटमा नियमित बस चल्नेछन् ।

टिकट बिक्रीबाट उठेको रकमले सञ्चालन खर्च धान्न नसकेमा अपुग रकमको ५० प्रतिशत सम्बन्धित स्थानीय तहले बराबर र बाँकी ५० प्रतिशत जनसङ्ख्याका आधारमा काठमाडौँ र ललितपुर महानगरसहित अन्य नगरपालिकाहरूले व्यहोर्ने सहमति भएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।