Khaptad Organic Nepal

काठमाडौँ । पूर्वी एसियाली मुलुक जापानमा शतवार्षिकी पार गर्ने नागरिकको संख्या इतिहासमै पहिलोपटक एक लाखको विन्दु नाघेको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार देशभर १०० वर्ष वा सोभन्दा माथिल्लो उमेर समूहका नागरिकको संख्या १ लाख ७ हजार ६७७ पुगेको छ। यस सूचीमा महिलाको वर्चस्व निकै उच्च छ; कूल ज्येष्ठ नागरिकमध्ये करिब ८८ प्रतिशत अर्थात् ९४ हजार ३०० महिला छन् भने पुरुषको संख्या १३ हजार ४०० को हाराहारीमा मात्रै छ । अघिल्लो वर्षको तुलनामा यो उमेर समूहका व्यक्तिहरू करिब ८ हजारले थपिएका हुन्। जापानीहरूको सन्तुलित खानपान, नियमित शारीरिक सक्रियता र आधुनिक स्वास्थ्य प्रणालीका कारण औसत आयु निरन्तर बढिरहेको छ ।

उमेरको यो अन्तर हुनुमा जीवनशैली र ऐतिहासिक कारण दुवै जोडिएका छन् । सो पुस्ताका पुरुषमा धूमपान, मदिरापान र कठिन शारीरिक श्रमको असर देखिएको छ । साथै, अवकाशपछि पुरुषहरू सामाजिक रूपमा एक्लिने क्रम बढे पनि महिलाहरू समुदाय र परिवारसँग निरन्तर जोडिँदा उनीहरूको मानसिक स्वास्थ्य राम्रो रहेको अध्ययनहरूले देखाएका छन् । यसबाहेक, दोस्रो विश्वयुद्धमा करिब २३ लाख जापानी सैनिक (अधिकांश पुरुष) ले ज्यान गुमाएका कारण पनि त्यस पुस्तामा महिलाको अनुपात तुलनात्मक रूपमा उच्च रहन गएको हो ।

तर, दीर्घायु नागरिकको संख्या थपिँदै जाँदा जापानले गम्भीर जनसांख्यिक संकटको सामना गरिरहेको छ । सन् २००८ मा १२ करोड ८० लाख पुगेको जापानको जनसंख्या सन् २०७० सम्म घटेर ८ करोड ७० लाखमा झर्ने अनुमान गरिएको छ । हाल मुलुकमा नयाँ जन्मिने एक शिशुको अनुपातमा दुई जनाको मृत्यु भइरहेको छ। सन् २०२० देखि २०२५ को पाँच वर्षभित्रै देशको जनसंख्या करिब ३१ लाखले घटिसकेको छ, जुन सन् १९२० यताकै तीव्र गिरावट हो ।

घट्दो जन्मदर र तीव्र रूपमा वृद्ध हुँदै गएको समाजका कारण देशमा काम गर्ने उमेर समूहको जनशक्ति अभाव खड्किएको छ । यसले गर्दा सामाजिक सुरक्षा, पेन्सन र स्वास्थ्य सेवासम्बन्धी सरकारी बजेटमा भारी चाप परेको छ । सरकारले जन्मदर प्रोत्साहनका लागि अनेकौँ आर्थिक सुविधा तथा कार्यक्रम ल्याए तापनि ४७ मध्ये ४५ वटा प्रान्तमा जनसंख्या घट्ने क्रम रोकिएको छैन ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।