डोल्पा । नेपालगन्जबाट डोल्पाका लागि उडेको सीता एयरको जहाज अवतरण गर्ने क्रममा प्राविधिक समस्या आएर चक्का फुस्किएको छ ।
बिहीबार बिहान ८:२५ बजे जुफाल विमानस्थलमा ९एन-एजेएच ९एन–एजेएच कलसाइन भएको उक्त जहाज धावनमार्गमा ओर्लिने क्रममा पछाडिको पांग्रा निस्किएको हो ।
विमानस्थलमा अवतरणका क्रममा पांग्रा फुस्किए पनि ठूलो दुर्घटना हुनबाट जोगिएको छ । दुर्घटनाबाट जहाजमा सवार यात्रु तथा चालक दलका सदस्यहरू सबै सुरक्षित रहेको र कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

