Khaptad Organic Nepal

धनकुटा । धनकुटा नगरपालिकाले सडक छेउछाउमा थन्किएका खाली जमिनको सदुपयोग गर्दै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि बेसार खेती विस्तार सुरु गरेको छ ।

स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कार्यमा प्रोत्साहित गर्ने उद्देश्यले नगरभित्रका विभिन्न सडक किनारमा यो अभियान थालिएको हो ।

विशेष गरी कोशी राजमार्गअन्तर्गत पर्ने सरस्वती चोक-सल्लेरी खण्ड र अन्य भित्री सडक किनारका गरी करिब सात रोपनी क्षेत्रफलमा अहिले बेसार रोपिएको छ । नगरपालिका वातावरण शाखा प्रमुख उपेन्द्र खनालका अनुसार मुख्य लक्ष्य तत्काल ठूलो आम्दानी लिनुभन्दा पनि सडक क्षेत्रलाई स्वच्छ, हरियाली र आकर्षक बनाउनु रहेको छ । पछिल्लो समय बाँदर आतङ्कका कारण परम्परागत खेतीमा नोक्सानी व्यहोरिरहेका किसानका लागि वन्यजन्तुले क्षति नपुर्‍याउने बेसार एक उत्तम विकल्प बनेको छ ।

नगरपालिकाले गत आर्थिक वर्षमा प्रतिकिलो १०० रुपैयाँका दरले एक क्विन्टल बीउ खरिद गरेर यो कार्यक्रम अघि बढाएको हो । यसबाट उत्पादन हुने बेसारलाई बीउका रूपमा प्रयोग गरी आगामी दिनमा थप ऐलानी तथा प्रति जग्गामा खेती विस्तार गर्ने र इच्छुक कृषक तथा सामुदायिक वनलाई वितरण गर्ने योजना बनाइएको छ ।

हाल यसको हेरचाह तथा सडक सरसफाइका लागि नगरपालिकाको स्वरोजगार कार्यक्रममा आबद्ध जनशक्तिलाई परिचालन गरिएको छ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।