Khaptad Organic Nepal

काठमाडौँ । न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच उच्चस्तरीय कूटनीतिक भेटवार्ता सम्पन्न भएको छ ।

युएईको स्थायी नियोगमा आयोजित उक्त बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल र यूएईका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यानबीच दुई देशको आपसी हित र सहकार्यका विषयमा गहन छलफल भयो ।

छलफलका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको जल उत्पन्न विपद् र बाढीबाट प्रभावित जनताका लागि यूएई सरकारले दर्शाएको ऐक्यबद्धता तथा मानवीय सहायताप्रति धन्यवाद ज्ञापन गर्नुभयो । विशेषगरी बाढीपीडितको पुनरुत्थानका लागि यूएईका तर्फबाट प्राप्त थप २ करोड ५० लाख अमेरिकी डलर बराबरको आर्थिक सहयोगप्रति उहाँले कृतज्ञता व्यक्त गर्नुभयो ।

भेटमा दुवै देशका कूटनीतिज्ञहरूबीच नेपाल र यूएईबीचको ऐतिहासिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने सहमति भएको छ । सो अवसरमा श्रम, व्यापार, पूर्वाधार लगानी, पर्यटन प्रवर्धन, नवीकरणीय ऊर्जा विकास तथा बहुपक्षीय मञ्चहरूमा साझा सहकार्यका आयामबारे सकारात्मक कुराकानी भएको थियो ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।