Khaptad Organic Nepal

काठमाडौँ । बाढीबाट प्रभावित भएका क्षेत्रहरूमा राहत तथा पुनर्स्थापनाका कार्यलाई तीव्रता दिन सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत रु एक अर्ब रकम निकासा गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको अध्यक्षतामा बसेको बैठकले उक्त बजेट विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गर्ने सहमति जनाएको हो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार एभरेष्ट बैंकको सिंहदरबार शाखामा रहेको कोषको मौज्दात रकम स्थानान्तरण गरिएको प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जानकारी दिए । यो रकम मुख्यगरी सडक, बिजुली, खानेपानी र सञ्चार जस्ता अत्यावश्यक सेवा मर्मत गर्न, अस्थायी विद्यालय तथा स्वास्थ्य चौकी निर्माण गर्न र पीडित परिवारलाई खाद्यान्न एवम् राहत सामग्री ढुवानी गर्न प्रयोग गरिनेछ ।

प्राधिकरणका अनुसार बजेटमध्येबाट विभिन्न जिल्लाका १५ वटा प्रभावित स्थानीय तहलाई सोझै रकम पठाइएको छ । जसअन्तर्गत नुवाकोटको विदुर नगरपालिकालाई रु एक करोड ५० लाख तथा बेलकोटगढीलाई रु ७५ लाख उपलब्ध गराइएको छ । त्यसैगरी रसुवाको गोसाइँकुण्ड गाउँपालिकालाई रु एक करोड र उत्तरगयालाई रु ७५ लाख दिइएको छ । धादिङ, गोरखा र तनहुँका विभिन्न गाउँपालिकाहरूमा समेत क्षति अनुसार रु २० लाखदेखि रु ५० लाखसम्मको बजेट पठाइसकिएको छ ।

बाढी प्रभावित क्षेत्रमा यसअघि पनि तत्काल उद्धार तथा राहतका लागि रु ६ करोड ५० लाख निकासा भइसकेको थियो । पछिल्लो निर्णयसँगै ती १५ स्थानीय तहमा पुगेको कुल अनुदान रकम रु १३ करोड ५० लाख पुगेको छ । स्थानीय तहहरूले प्राप्त रकमबाट अवरुद्ध सेवा सञ्चालन र पीडितको तत्काल व्यवस्थापनमा खर्च गर्नुपर्नेछ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।