काठमाडौँ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ जना नयाँ सदस्यहरू चयन भएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालको रिक्त सदस्य पदपूर्तिका लागि योग्यताक्रमका आधारमा उनीहरूलाई नियुक्त गरेको हो ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा १ (च) र (ज) अनुसार सञ्चालन गरिएको अन्तर्वार्ताबाट सिफारिस भएका व्यक्तिहरूलाई यो जिम्मेवारी दिइएको छ । नवनियुक्त सदस्यहरूमा रमिला शिल्पकार, सुरेन्द्र गौचन, शान्ति भुर्तेल, दिपेन्द्र दास, इशा प्रधान र डिल्लीराम भण्डारी रहेका छन् ।
उनीहरूले मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता तथा अस्पतालका अध्यक्ष प्रा. डा. योगेन्द्र प्रसाद सिंहसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

