Khaptad Organic Nepal

काठमाडौँ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण हालसम्म १ हजार ४ सय ३६ जनाले ज्यान गुमाएका छन् ।

नेपाल प्रहरीले रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ र नवलपरासीका विभिन्न क्षेत्रबाट ती शवहरू सङ्कलन गरिएको जनाएको छ ।

सङ्कलित शवहरूमध्ये १ हजार २ सय ९२ वटाको डिएनए (DNA) नमूना सुरक्षित राखेर अन्तिम संस्कार तथा व्यवस्थापन गरिसकिएको छ । पहिचान हुन नसकेका अन्य शवहरूको हुल्याहा विवरण भने प्रहरीले आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।

यसैबीच रसुवास्थित त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरङभित्रबाट भेटिएका २४ जनाको शव नुवाकोट पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी विदुर नगरपालिका–६ स्थित खम्बा क्याम्पमा राखिएका ती शवहरूको अझै सनाखत हुन बाँकी छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) इकवाल हवारीका अनुसार बाढीपछिको विपद्‌मा आफन्त हराएका परिवारलाई पहिचानका लागि खम्बा क्याम्पमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।