Khaptad Organic Nepal

काठमाडौँ । सङ्घीय संसद अन्तर्गत प्रतिनिधि सभाको नयाँ बैठक बुधबार अपराह्न आह्वान गरिएको छ । कार्यव्यवस्था परामर्श समितिले अघिल्लो दिन तय गरेको कार्यसूची अनुसार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु हुनेछ ।

बैठकको मुख्य कार्यसूचीका रूपमा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति शोक व्यक्त गर्दै सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव पेस गर्ने कार्यक्रम छ । उक्त प्रस्तावमाथि संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूले आफ्नो धारणा राख्नेछन् ।

यसअघि गत भदौ १० गते भोटेकोशीमा भीषण बाढी आएकै दिन प्रतिनिधि सभाको बैठक बसेको थियो । संसद सचिवालयका अनुसार रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती तथा नुवाकोट, धादिङ, चितवन र गोरखाका तटीय क्षेत्रमा स्वदेशी तथा विदेशी नागरिकले ज्यान गुमाएको र ठूलो भौतिक क्षति भएको घटनाप्रति संसद्ले गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नेछ ।

साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र घरबारविहीन भएकाहरूको तत्काल व्यवस्थापनका लागि ध्यानाकर्षण गराइनेछ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।