काठमाडौँ । कर्णाली प्रदेशको मुगु जिल्लालाई केन्द्रविन्दु बनाएर रातिको समयमा लगातार दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको कलाई क्षेत्र आसपास केन्द्रविन्दु भएर मध्यराति १:५१ बजे पहिलो धक्का दर्ज गरिएको थियो ।
४.१ रेक्टर स्केल मापन गरिएको उक्त धक्कापछि रातकै ४:२८ बजे पुन: ४.२ रेक्टर स्केलको दोस्रो भूकम्प गएको हो । एकाबिहानै लगातार दुई पटक धक्का महसुस भएपछि स्थानीय बासिन्दामा केही बेर त्रास फैलिएको थियो ।

