काठमाडौँ । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापवाल सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसअघि मङ्गलबार सुन प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मङ्गलबार प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ सय ८५ रुपैयाँले घटेर ४ हजार ५ सय ८० रुपैयाँमा झरेको छ ।

