Khaptad Organic Nepal

काठमाडौँ । साउदी प्रो लिगको नयाँ खेलमा अल नासरले अल दिरियाहमाथि ३–० को प्रभावशाली जित हात पारेको छ ।

रियादस्थित अल अव्वल पार्कमा गएराति सम्पन्न खेलमा टोलीका लागि क्रिस्टियानो रोनाल्डो, सामु कोस्टा र किङ्स्ले कोमानले १–१ गोल गर्दै टोलीलाई सहज जित दिलाए ।

खेल सुरु भएको २३औँ मिनेटमा किङ्स्ले कोमानको कडा प्रहारलाई विपक्षी गोलरक्षक वालिद अब्दुल्लाहले पूर्ण रूपमा बचाउन नसकेपछि प्राप्त बललाई रोनाल्डोले सहजै गोलमा परिणत गरे । राष्ट्रिय टिमको विवादपछि क्लब फुटबलमा फर्किएका रोनाल्डोको करियरको यो ९८०औँ गोल हो ।

त्यसपछि खेलको ३५औँ मिनेटमा जोआओ फेलिक्सले प्रहार गरेको कर्नरलाई सदुपयोग गर्दै सामु कोस्टाले उत्कृष्ट हेडरमार्फत टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफमा २–० ले अगाडि रहेको अल नासरले दोस्रो हाफमा पनि दबाब कायम राख्यो । खेलको ७७औँ मिनेटमा साडियो मानेको पासमा कोमानले व्यक्तिगत पहिलो तथा टोलीका लागि तेस्रो गोल गर्दै ३–० को जित सुनिश्चित गरे ।

यस जितसँगै ८ खेलबाट १९ अङ्क जोडेको अल नासर लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान अङ्क भए पनि गोल अन्तरका आधारमा अल कादसिया शीर्ष स्थानमा यथावत छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।