Khaptad Organic Nepal

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँगको तत्काल पार्टी एकताको विषयलाई पूर्णतः खारेज गरेका छन् । दुवै दलको विगत, पृष्ठभूमि र राजनीतिक आचरणबारे गम्भीर समीक्षा नगरी एकता सम्भव नभएको उनको भनाइ छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको ‘राष्ट्रिय जागरण अभियान’ को उद्घाटन गर्दै संयोजक प्रचण्डले आफ्नो पार्टी सुशासन र भ्रष्टाचारविरुद्धको लडाइँमा प्रतिबद्ध रहेको दाबी गरे । एमालेमाथि भ्रष्टाचार जोगाएको आरोप लगाउँदै उनले गल्ती स्वीकार्ने र आत्मसमीक्षा गर्ने परिपाटी अन्य दलहरूमा नरहेको टिप्पणी गरे । सरकारमा छँदा आफ्नो पक्षबाट भएका कमी-कमजोरी स्वीकार्न तयार रहेको उल्लेख गर्दै उनले सुशासनका लागि इमानदार प्रयास गरेको बताए ।

जनताको घरदैलोमै पुगेर उनीहरूका सुझाव तथा आलोचना सुन्न पार्टी गाउँ-गाउँसम्म जान लागेको प्रचण्डले जानकारी दिए । अभियानका क्रममा सबै केन्द्रीय नेताहरू फिल्डमा खटिने र संकलन गरिएका प्रतिवेदनका आधारमा पार्टीले आगामी रणनीति तय गर्ने जनाइएको छ । राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन र समृद्धिको जनआकांक्षा पूरा गर्न अभियान फलदायी हुने अपेक्षा राखिएको छ । शनिबारदेखि प्रारम्भ भएको यो जागरण अभियान आगामी मङ्सिर २५ गतेसम्म सञ्चालन हुनेछ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।