Khaptad Organic Nepal

काठमाडौँ । राजधानीवासीलाई थप गुणस्तरीय र निर्बाध विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ मातातीर्थ–स्युचाटार खण्डको १३२ केभी प्रसारण लाइनमा नयाँ र उच्च क्षमताका तार फेर्ने काम तीव्र पारिएको छ ।

नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ केभी प्रसारण लाइन स्तरोन्नति आयोजनाले मातातीर्थ–स्युचाटार डबल सर्किट प्रसारण लाइनको पुरानो कन्डक्टर परिवर्तन गरी उच्च क्षमताको नयाँ एचटिएलएस कन्डक्टर जडान गरिरहेको छ ।

यसै क्रममा, तोकिएको कार्य सम्पन्न गर्नका लागि आउँदो असोज २४ गते शनिबार र २५ गते आइतबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म उक्त प्रसारण लाइन पूर्ण रूपमा बन्द रहनेछ । डबल सर्किट लाइनको एउटा सर्किटअन्तर्गत बाँकी रहेको करिब चार सय मिटर पुरानो तार फेर्ने काम यो अवधिमा पूरा गरिनेछ । यो स्तरोन्नति कार्य सकिएपछि प्रसारण लाइनको विद्युत् वहन क्षमतामा भारी वृद्धि हुनेछ, जसले गर्दा बढ्दो विद्युत् मागलाई व्यवस्थापन गर्न र समग्र विद्युत् प्रणालीलाई अझ बढी भरपर्दो तथा सुरक्षित बनाउन ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रसारण लाइन बन्द रहने सो समयमा मातातीर्थ, स्युचाटारलगायत सम्बन्धित सबस्टेसनहरूबाट आपूर्ति हुने क्षेत्रहरूमा विद्युत् सेवा प्रभावित हुन सक्नेछ । निर्धारित समय सीमाभित्रै सम्पूर्ण प्राविधिक कार्य सम्पन्न गर्ने गरी आवश्यक तयारी गरिएको भए पनि मौसम प्रतिकूल बनेमा कार्यतालिकामा सामान्य फेरबदल हुन सक्ने प्राधिकरणले जनाएको छ ।

यस प्राविधिक कार्यका कारण ग्राहक वर्गमा पर्न जाने अस्थायी असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।