Khaptad Organic Nepal

काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत अन्य पदाधिकारीहरूको मतगणना आज दिउँसोदेखि प्रारम्भ हुने भएको छ ।

सभापति पदको बाहेक अन्य पदाधिकारीहरूको मतपेटिका पार्टी केन्द्रीय कार्यालय सानेपा पुर्‍याइसकिएको छ । मतगणना सुरु गर्नुअघि निर्वाचन समितिले पदाधिकारीका उम्मेदवारहरूसँग छलफल गर्न लागेको हो । समितिका सदस्य सचिव राजु कटुवालका अनुसार उपसभापति तथा महामन्त्री पदका उम्मेदवारहरूलाई दिउँसो १ बजे छलफलका लागि सानेपास्थित केन्द्रीय कार्यालयमा बोलाइएको छ । उक्त बैठकलगत्तै मतगणनाको कार्य अघि बढाइनेछ ।

यसअघि महाधिवेशनअन्तर्गत शुक्रबार राति १० बजे मतदान प्रक्रिया सकिएको थियो । त्यसपछि राष्ट्रिय सभा गृहमा राति १ बजेदेखि सुरु भएको सभापति पदको मतगणनाको परिणाम आइसकेको छ । सभापतिमा ६ हजार ५८४ मत प्राप्त गर्दै थापा विजयी भएका छन् भने उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत ल्याएका छन् ।

उक्त मतदानमा कुल ५४ मत बदर भएको थियो । कुल ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिमध्ये यसपटक ७ हजार ३९ जनाले आफ्नो मत अधिकार प्रयोग गरेका थिए ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।