Khaptad Organic Nepal

बिर्तामोड (झापा) । झापाको बिर्तामोडमा बिहीबार बिहान एक ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ भने लाखौँ मूल्यको भौतिक क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार बिर्तामोड नगरपालिका-२ रामचौकस्थित रवि राजवंशीले सञ्चालन गर्दै आएको ठुला सवारीसाधन मर्मत गर्ने बडी ग्यारेजको क्यान्टिनमा विद्युत् सर्ट भएर आगो लागेको हो । ध्रुव भट्टराईको जग्गामा रहेको उक्त टिनको छानो भएको भवनमा बिहान करिब ४ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी क्यान्टिनमा काम गर्दै आएका गौरीगन्ज गाउँपालिका-२, झापाका ६५ वर्षीय रुद्रबहादुर तामाङको ज्यान गएको छ । उनको शव जलेको अवस्थामा फेला परेको हो ।

उक्त दुर्घटनाबाट क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, १ लाख रुपैयाँ नगद र ३ वटा खसीबाख्रा पूर्ण रूपमा जलेर नष्ट भएका छन् । यस्तै ग्यारेजसँगै टाँसिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल-टाइल्सको गोदाममा समेत आगोले क्षति पुर्‍याएको छ ।

स्थानीयवासी र दमकलको संयुक्त प्रयासमा बिहान करिब ४:३० बजे आगो नियन्त्रणमा लिइएको थियो । दमकलबाट आगो निभाउने क्रममा गोदामभित्र राखिएका करिब २० देखि २५ बोरा सिमेन्ट भिजेर थप २५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।