काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का सदस्य राष्ट्रका गृहमन्त्रीहरूको ऐतिहासिक पहिलो बैठकमा भाग लिन गृहमन्त्री सुधन गुरुङ भारतको राजधानी नयाँदिल्ली पुगेका छन् ।
विमानस्थल अवतरणपश्चात् गृहमन्त्री गुरुङलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा, दूतावासका अन्य उच्च अधिकारी तथा भारतीय सरकारका प्रतिनिधिहरूले स्वागत गरेका थिए ।
‘सुरक्षामा आधारित, समृद्धितर्फको यात्रा’ भन्ने मूल नाराका साथ मंगलबार आयोजना हुने उक्त उच्चस्तरीय बैठकमा क्षेत्रीय सुरक्षा, अपराध नियन्त्रण र आपसी सहयोगका विषयमा गहन छलफल हुनेछ । गृहमन्त्री गुरुङ बैठक सम्पन्न गरी बुधबार स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

