Khaptad Organic Nepal

काठमाडौँ । विशेष महाधिवेशनपश्चात् नेपाली कांग्रेसभित्र आन्तरिक शक्ति समीकरण र नेतृत्व चयनको परम्परागत ढाँचामा व्यापक फेरबदल आएको छ ।

विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्व स्थापित भएसँगै निर्वाचन आयोगले समेत उक्त कार्यसमितिलाई आधिकारिकता दिइसकेको छ । यससँगै सुरु भएको सांगठनिक रूपान्तरणले अब हुने १५औँ महाधिवेशनमार्फत पूर्णता पाउने देखिएको छ । विगतमा सभापतिसहित प्यानल नै बनाएर चुनाव लड्ने गुटगत परिपाटी यसपटक कमजोर बनेको छ । सभापतिमा थापालाई बलियो चुनौती नदेखिए पनि उपसभापति र महामन्त्री पदमा भने नेताहरूले व्यक्तिगत रूपमा उम्मेदवारी घोषणा गरिरहेका छन् । यद्यपि पूर्वसभापति शेरबहादुर देउवा पक्षको छुट्टै गतिविधि र अदालतमा विचाराधीन मुद्दाका कारण गुटको प्रभाव पूर्णतः समाप्त भइसकेको भन्न सकिने अवस्था छैन ।

नयाँ वैधानिक व्यवस्थाअनुसार अब केन्द्रीय पदाधिकारी तथा सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउँदैनन् । गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलजस्ता शीर्ष नेताहरू समेत तल्लो तह (वडा र क्षेत्र) बाटै निर्वाचित भएर आउनुपरेको छ । यसले केन्द्रीय नेताहरूलाई तल्ला कमिटी र आफ्ना क्षेत्रका कार्यकर्तासँग प्रत्यक्ष जोडेको छ ।

साथै, प्रत्येक निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका तीन जना युवा महाधिवेशन प्रतिनिधि अनिवार्य गरिनुका साथै विभिन्न समावेशी समूह, पेसागत क्षेत्र र जनसम्पर्क समितिको प्रतिनिधित्व सुनिश्चित गर्दै २३८ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने व्यवस्था गरिएको छ । आगामी असोज १८ गते काठमाडौँको खुलामञ्चमा उद्घाटन हुने १५औँ महाधिवेशनले कांग्रेसमा सुरु भएको यो सांगठनिक रूपान्तरणको वास्तविक दिशा निर्धारण गर्नेछ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।