Khaptad Organic Nepal

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव कायम रहेको जानकारी दिएको छ ।

महाशाखाका अनुसार हाल देशको हिमाली भू-भागमा साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बादली लागेको छ। आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादली हुने तथा तराई क्षेत्रको मौसम मुख्यतया सफा रहनेछ । यद्यपि, कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति पनि हिमाली र पहाडी भू-भागमा आंशिक बादली रही तराई क्षेत्रको मौसम मुख्यतया सफा रहनेछ भने तराईका केही भू-भागमा बिहानपख हुस्सु लाग्ने अनुमान गरिएको छ ।

यसैगरी, कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।