काठमाडौँ । दसैँअघि नै उखु किसानले पाउनुपर्ने अनुदान भुक्तानीको प्रक्रिया छिटो सक्न कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सम्बन्धित निकायलाई कडा निर्देशन दिएकी छन् ।
मन्त्रालयमा आयोजित उच्च व्यवस्थापन टोलीको बैठकलाई सम्बोधन गर्दै मन्त्री चौधरीले उखु उत्पादन अनुदानसम्बन्धी कार्यविधि बनिसकेकाले अब बिलम्ब नगरी दसैँअघि नै रकम किसानको खाता वा हातमा पुग्ने गरी काम गर्न ताकेता गरेकी हुन् ।
सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि उखु किसानलाई अनुदान बाँड्ने प्रयोजनार्थ कुल १ अर्ब ५० करोड ५० हजार रुपैयाँ बजेट निकासा गरिसकेको छ ।

