काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति पदमा विजयी बनेका गगन थापाले आज पद तथा गोपनियताको शपथ लिनुका साथै जिम्मेवारी सम्हाल्ने भएका छन् ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएको जानकारीअनुसार ललितपुरस्थित बीपी नगरमा रहेको कांग्रेस केन्द्रीय कार्यालय (बीपी स्मृति भवन) मा आज दिउँसो २ बजे शपथ ग्रहण तथा पदबहालीको विशेष कार्यक्रम तय गरिएको छ ।
महाधिवेशनअन्तर्गत सभापति पदको अन्तिम मतगणना शुक्रबार दिउँसो सम्पन्न भएपछि नवनिर्वाचित सभापतिले आजै पदभार ग्रहण गर्न लागेका हुन् । महाधिवेशनबाट चुनिएका अन्य पदाधिकारी तथा केन्द्रीय कार्यसमितिका सदस्यहरूको शपथ अनि पदबहाली भने आगामी दशैँपछि मात्र गरिने जानकारी दिइएको छ ।

