Khaptad Organic Nepal

काठमाडौँ । हरेक वर्षको अक्टोबर १० तारिखका दिन मनाइने विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालसहित संसारभर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको छ । यस वर्ष ‘अनुभवलाई सुनौँ : वास्तविक आवाज, वास्तविक परिवर्तन’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ यो दिवस मनाइएको हो ।

सन् १९९२ देखि नियमित रूपमा मनाउन थालिएको यस दिवसको मुख्य ध्येय मानसिक स्वास्थ्यका विविध आयाम, यसका चुनौती र रोकथामका उपायबारे सर्वसाधारणमा सचेतना फैलाउनु हो । हाल विश्वभर मानसिक स्वास्थ्यसम्बन्धी समस्या तीव्र रूपमा विस्तार भइरहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ । नेपालमा पनि बढ्दो बेरोजगारी, अव्यवस्थित दिनचर्या, असफलता र निरन्तरको मानसिक तनावका कारण मानसिक समस्याबाट ग्रसित हुनेहरूको संख्या प्रतिवर्ष उकालो लागिरहेको छ ।

नेपालको जनस्वास्थ्य प्रणालीभित्र अझै पनि मानसिक, मनोवैज्ञानिक र सामाजिक पक्षलाई प्रभावकारी रूपमा एकीकृत गर्न सकिएको छैन । मानसिक स्वास्थ्यको पहिचान गर्ने, बिरामी तथा तिनका अभिभावकलाई आवश्यक परामर्श र सहायता प्रदान गर्ने एवम् सहज उपचार सेवा उपलब्ध गराउने दक्ष जनशक्ति तथा सामाजिक कार्यकर्ताको उपस्थिति निकै न्यून रहेको छ ।

विश्वका १५० भन्दा बढी देशहरूमा मनाइने यो दिवसले प्राथमिक उपचार, संवेदनशीलता र समयमै उपचारात्मक कदम चाल्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।