काठमाडौँ । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्रलाई सम्बोधन गर्दै पार्टी सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवाको मञ्चमा अनुपस्थितिप्रति दुःख व्यक्त गरेका छन् ।
देउवाले पार्टी निर्माणमा दिएको लामो योगदानको कदर गर्दै उनले शीर्ष नेताहरूलाई समेत समेटेर अघि बढ्ने इच्छा व्यक्त गरे ।
पार्टीभित्रका आन्तरिक असन्तुष्टि र विवादलाई लिएर पटक-पटक सर्वोच्च अदालत जाने प्रवृत्तिप्रति कडा आपत्ति जनाउँदै थापाले यस्ता कदमले समयको बर्बादीबाहेक केही नहुने बताए । सर्वोच्च अदालतले पछिल्लो निवेदनसमेत दरपीठ गरिसकेकाले अब अदालत धाउने काम पूर्ण रूपमा रोक्नुपर्नेमा उनले जोड दिए ।
कांग्रेसभित्रको आन्तरिक कलहको परिच्छेद अब समाप्त भएको घोषणा गर्दै सभापति थापाले यस महाधिवेशनपछि पार्टीभित्रका सम्पूर्ण गुट-उपगुटहरू स्वतः अन्त्य भएको दाबी गरे ।

