Khaptad Organic Nepal

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका क्रममा आफ्नो नाम दुरुपयोग गरेर उम्मेदवारहरूको प्यानल सूची प्रचारप्रसार गरिएको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमा छरिएका त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थन वा सिफारिस नमान्न उनले प्रस्ट पारेका छन् ।

पार्टीको आन्तरिक निर्वाचनलाई स्वस्थ लोकतान्त्रिक अभ्यासका रूपमा व्याख्या गर्दै थापाले यस पटक कुनै पनि गुट वा प्यानल नरहेको दाबी गरे । महाधिवेशन प्रतिनिधिहरूलाई कुनै पनि भ्रम वा अफवाहको पछि नलाग्न आग्रह गर्दै उनले कसैको प्रभावमा नपरी पार्टीको बृहत्तर हितलाई केन्द्रमा राखेर स्वतन्त्र विवेक, निष्पक्ष मूल्याङ्कन र व्यक्तिगत विश्वासका आधारमा मतदान गर्न अपिल गरेका छन् ।

प्राविधिक कारणले मतदान प्रक्रिया तय भएको समयभन्दा एक दिन ढिलो सुरु हुन पुग्दा महाधिवेशन प्रतिनिधिहरूलाई पर्न गएको व्यावहारिक असुविधाप्रति थापाले क्षमासमेत मागेका छन् ।

प्रतिनिधिहरूको परिपक्व र विवेकपूर्ण निर्णयले नै कांग्रेस सङ्गठनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले सम्पूर्ण प्रक्रियामा मर्यादित, संयमित र उत्साहजनक रूपमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।