काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावका कारण मुलुकका विभिन्न हिमाली तथा पहाडी भू-भागमा बदली हुनुका साथै केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिसकेकाले यसपालिको दशैँमा ठूलो वर्षाको जोखिम भने छैन ।
यद्यपि नवमीदेखि दशमीसम्म कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षा वा हिमपात हुनसक्ने भएकाले यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ ।

