काठमाडौँ । नेकपा एमालेले आगामी मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकले भेलाका साथै तल्लो तहका अधिवेशनहरूको कार्यतालिका समेत तय गरेको छ । बैठकका निर्णयबारे जानकारी दिँदै उपमहासचिव लेखराज भट्टका अनुसार मंसिर २६ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन गरिनेछ । पालिका अधिवेशन सकिएपछि पार्टीले प्रदेश स्तरीय भेलासमेत डाक्ने योजना बनाएको छ ।
यसैबीच, बैठकले प्रतिनिधि सभातर्फ समानुपातिक प्रणालीकी तत्कालीन सांसद जैनब खातुनको निधन भएपछि रिक्त रहेको स्थानमा नयाँ सांसद पठाउने निर्णय गरेको छ ।
एमालेको समानुपातिक बन्दसूचीको ४० औँ नम्बरमा रहेकी खातुनलाई सो पदमा मनोनयन गरी पठाउने निर्णय भएको उपमहासचिव भट्टले बताए ।

