Khaptad Organic Nepal

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत खुला सहमहामन्त्री पदको मतगणनामा नेताद्वय रामहरि खतिवडा र अजयबाबु शिवाकोटीले जित हासिल गरेका छन् ।

केन्द्रीय निर्वाचन समितिले अन्तिम मतपरिणामको औपचारिक घोषणा गर्न बाँकी रहे तापनि प्राप्त गणना अनुसार उनीहरू अग्रस्थानमा रहँदै विजयी बनेका हुन् ।

सहमहामन्त्री पदका विजेता खतिवडाले कुल २ हजार ९१९ मत प्राप्त गरेका छन् भने अर्का विजयी उम्मेदवार शिवाकोटीले २ हजार ७२ मत ल्याएका छन् । खुलातर्फको दुई सहमहामन्त्री पदका लागि कुल नौ जना नेताहरू मैदानमा उत्रिएका थिए ।

प्रतिस्पर्धामा गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदी १ हजार ८५१ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे । यस्तै पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलले १ हजार ३८२ मत ल्याएका छन् भने राजिव ढुंगानाले १ हजार २४१ मत प्राप्त गरे । त्यसैगरी विकास कोइरालाले १ हजार १४९ मत, अमृतकुमार अर्यालले १ हजार ३९ मत, रमेश धमलाले ८२१ मत र विमल क्षेत्रीले २८२ मत ल्याएका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।