काठमाडौँ । मुलुकको कार्यकारी अङ्ग मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुई विषयगत अध्यादेश जारी गर्नुभएको छ ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) मा व्यवस्था भएबमोजिम राष्ट्रपतिले ती अध्यादेश प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
जारी गरिएका अध्यादेशहरूमा ‘वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ रहेका छन् ।
वन तथा भूमि व्यवस्थापनसँग सम्बन्धित मौजुदा कानुनी प्रावधानलाई समयसापेक्ष परिमार्जन गर्न सरकारले अध्यादेशमार्फत नयाँ व्यवस्था ल्याएको हो ।

