काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवाको उपस्थितिको अपेक्षासहित मञ्चमा कुर्सी खाली राखिएको जानकारी दिएका छन् ।
देउवा कार्यक्रममा आउने विश्वासका साथ कुर्सी छुट्याइएको स्पष्ट पार्दै उनले नेताहरूप्रतिको वास्तविक सम्मान चाटुकारिताबाट नभई पार्टीको उचाइबाट तय हुने बताए ।
नेताको ढोकामा पुगेर सलामी दिँदैमा मान-सम्मान नजोगिने उल्लेख गर्दै थापाले देउवाले योगदान गरेको पार्टीलाई कत्तिको बलियो, अग्लो र फराकिलो बनाउन सकिन्छ भन्ने कुराले नै उहाँको सच्चा सम्मान प्रकट हुने धारणा राखे ।

