Khaptad Organic Nepal

काठमाडौँ । १५ औं महाधिवेशन समापनसँगै नेपाली कांग्रेस थप सुदृढ र नयाँ जोसका साथ राजनीतिक मैदानमा प्रस्तुत हुने पार्टीका उपसभापति विश्वप्रकाश शर्माले दाबी गरेका छन् ।

राजधानीमा आयोजित महाधिवेशनको भव्य उद्घाटन सत्रमा बोल्दै शर्माले संस्थापक नेता बी.पी. कोइरालाको वैचारिक विरासतलाई जोगाउँदै नयाँ पुस्ताले पार्टीको नेतृत्व कुशल रूपमा सम्हालिरहेको उल्लेख गरे । अग्रज नेताहरूको योगदानलाई सम्मान गर्दै देशको समग्र विकास र समृद्धिका लागि कांग्रेसले निर्णायक भूमिका खेल्ने उनको भनाइ थियो ।

संविधान संशोधनको प्रसङ्ग उठाउँदै उपसभापति शर्माले यो केवल संसद्को अङ्कगणितमा सीमित हुने विषय नभएको प्रस्ट पारे । संविधानप्रति सबै वर्ग र समुदायको अपनत्व कायम गर्न विगतमा संविधान सभामा रहेका तर हाल संसद्बाहिर रहेका राजनीतिक दलहरूलाई पनि छलफल र प्रक्रियामा समेट्न उनले सरकारको ध्यानाकर्षण गराए ।

यसका साथै देशको प्रगति र जनहितका मुद्दामा कांग्रेसले सरकारलाई पूर्ण सहयोग र सहकार्य गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।